बियरको बोतल प्रहार गरी वृद्धको हत्या गर्ने युवक पक्राउ

  • सोमबार १९ असो २०८३ ११:०० PM
काठमाडौँ : पोखरा महानगरपालिका–२४ कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ।सोमबार साँझ ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही ठाउँका २२ वर्षीय जगत दाहालले बियरको बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेर उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए। उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।घटनापछि फरार रहेका दाहाललाई पामे पुलनजिकैबाट नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।