मोहन आचार्यद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • सोमबार १९ असो २०८३ ०४:४३ PM
नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा ईन्जिनियर मोहन आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्य कांग्रेसका सांसद समेत हुन् । गत फागुन २१ को निर्वाचनमा रसुवाबाट प्रत्यक्ष चुनाव जितेका आचार्य हाल पनि केन्द्रीय सदस्य रहेका छन् । उनले १५औँ महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारीसहित प्रतिष्पर्धा गर्ने बताएका छन् ।