काठमाण्डु – रसुवाको भोटेकोशीमा गएको बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ । बाढीपीडित बालबालिकालाई परिवारका सदस्यबाट टाढा राखिएको भन्दै आफन्त तथा स्वयं बालबालिकाले निरन्तर आवाज उठाएपछि महिला, बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा उत्तरगया गाउँपालिकाको समन्वयमा अधिकांश बालबालिकालाई आफन्त