उदयपुरमा भारत सरकारको सहयोगमा नगर अस्पताल निर्माण सुरु

  • सोमबार १९ असो २०८३ ०४:०० PM
उदयपुरको त्रियुगा नगरपालिका–५ मा भारत सरकारको आर्थिक सहयोगमा नगर अस्पताल निर्माण सुरु भएको छ। अस्पताल भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो। अस्पताल भवनको शिलान्यास नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले संयुक्त रूपमा गरेका हुन्। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत अस्पताल निर्माणका लागि करिब