आजपा वैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णय

  • सोमबार १९ असो २०८३ ०२:२५ PM
काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न बैठकले मुलुकको वर्तमान संकट समाधान, जनआन्दोलनलाई नयाँ चरणमा अघि बढाउने, अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने तथा पार्टीको संगठनात्मक संरचना पुनर्गठन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । बैठकले अध्यक्ष प्रभु साहद्वारा प्रस्तुत ‘फेक शासनको भण्डाफोर गरौँ, जनआन्दोलनको दिशामा अघि बढौँ’ भन्ने मूल नारासहितको १८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै देशमा देखिएका संकटको निकासका लागि पार्टीले राजनीतिक तथा ... The post आजपा वैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णय appeared first on Kalika Khabar.