कपिलवस्तुमा कन्टेनरसहित बिलबिजकविना ल्याइएका ७ हजार थान रेडिमेड सर्ट बरामद

  • सोमबार १९ असो २०८३ ०९:०० PM
कपिलवस्तु  : कपिलवस्तुको शिवराज नगरपालिका–२ शिवपुर कोलनी चोकबाट प्रहरीले बिलबिजक नम्बर उल्लेख नभएको ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका रेडिमेड सर्ट बरामद गरेको छ।इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र. ०१–००७ ख ०४३० नम्बरको कन्टेनर नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा कन्टेनरबाट ७ हजार १५२ थान रेडिमेड सर्ट फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका