पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर बनाउँदै फोटोन

  • सोमबार १९ असो २०८३ ०१:४१ PM
काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिले नेपालमा फोटोन ब्रान्डका कमर्सियल सवारीसाधनको बिक्रीपछिको सेवा थप सुदृढ बनाउन काठमाडौंको पेप्सीकोलामा नेपालकै ठूलो अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर स्थापना गरिरहेको छ। कम्पनीले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा पर्याप्त सेवा क्षमतासहितको सर्भिस सेन्टर निर्माण गरिरहेको जनाएको छ। नयाँ सर्भिस सेन्टरबाट फोटोनका सवारीसाधनको बिक्रीपछिको सेवा, जेन्युइन पार्टपुर्जाको उपलब्धता, ब्याट्री परीक्षण, नियमित मर्मतसम्भार तथा चालक र प्राविधिक तालिमसमेत एउटै स्थानबाट उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ। यसबाट ग्राहकले सहज, छिटो र भरपर्दो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र ... The post पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर बनाउँदै फोटोन appeared first on Kalika Khabar.