झापा : बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापामा स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, झापाले आजदेखि प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने कार्यक्रम सञ्चालनमा ल्याएको हो।