अन्योलमा रोनाल्डोको करिअर

  • सोमबार १९ असो २०८३ ०८:०० PM
काठमाडौं : क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरको अन्त्य यति विवादित होला भन्ने सायदै कसैले सोचेका थिए। विश्वकपपछि अर्जेन्टिनाका लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गर्दा रोनाल्डोले भने पोर्चुगलका लागि खेलिरहने बताएका थिए। तर, अहिले अवस्था फेरिएको छ। प्रशिक्षक जर्ज जेसुससँगको विवादपछि रोनाल्डो राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। अब उनको पोर्चुगलसँगको यात्रा कहाँ पुगेर रोकिएला भन्ने प्रश्न उठेको छ।रोनाल्डोले नर्वेविरुद्धको नेसन्स लिग खेलमा सुरुवात गरेनन्। उनी दोस्रो हा