कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने

  • सोमबार १९ असो २०८३ ०८:०० PM
काठमाडौं : नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो। प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन्। उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ। त्यस्तै महामन्त्री ३ जना रहने छन्। जसमा एक जना महिला अनिवार्य गरिएक