काठमाण्डु- नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित गरेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङमार्फत दिएको जानकारीअनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ। विधानअनुसार केन्द्रीय कार्यसमितिमा सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चारजना रहनेछन्। चार