काठमाण्डु – मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तरराष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ) बिच ३ वर्षे रणनीतिक समझदारीपत्र (एमओयू) मा सोमबार हस्ताक्षर भएको हो । वनमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष