काठमाण्डु – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी बल नेपालबाट दाहाललाई कारबाहीका लागि सिफारिस प्राप्त भएपछि आरोपमाथि जाँचबुझ गर्न उनलाई निलम्बन गरिएको जनाएको हो । उच्च