प्रवासी नेपालीका मुद्दा बोकेर कांग्रेस केन्द्रीय सदस्यमा रामजीवी पन्थको उम्मेदवारी

  • सोमबार १९ असो २०८३ ०१:२६ PM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँका रामजीवी पन्थले अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। प्रवासमा रहेर लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय पन्थले आफ्नो उम्मेदवारीलाई प्रवासी नेपालीका समस्या, अधिकार र आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। पन्थ नेपाली जनसम्पर्क समिति इटालीका संस्थापक हुन्। उनले नेपाली जनसम्पर्क समिति जर्मनीबाट कांग्रेसको