गृहमन्त्री सुधन गुरुङ आगामी साता भारत भ्रमणमा जाने भएका छन् । गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गुरुङ असोज २६ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् । गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । गुरुङले असोज २७ गते नयाँदिल्लीमा आयोजना हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य