प्रधानमन्त्री बालेनको प्रतिबद्धता : भूमिहीन समस्या १ हजार दिनभित्र समाधान गर्छाैँ

  • सोमबार १९ असो २०८३ १२:५५ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भूमिहीन सुकुम्बासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको भन्दै १ हजार दिनभित्र समस्या समाधान गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिँदै विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासी गरी हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको