नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (पेसागत विषय विज्ञ) पदका उम्मेदवार विश्वदीप लामिछानेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेका छन् । ‘अनुभव, क्षमता र प्रविधिको सङ्गम : समावेशी कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका लामिछानेले पार्टीको आन्तरिक संगठन, कार्यकर्ता पङ्क्ति र सर्वसाधारणबीचको सम्बन्धलाई आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । मिडिया, ब्रान्डिङ