‘स्नेह मिलन’ : लामो समयको पारिवारिक विछोडपछि माया, आत्मीयता र खुसी साट्ने अवसर

  • सोमबार १९ असो २०८३ ११:४८ AM
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले ‘स्नेह मिलन २०२६–सिजन १’ अभियान सञ्चालन गर्ने भएको छ । कतारमा लामो समयदेखि परिवारबाट टाढा रहेर काम गरिरहेका नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । अभियानबारे जानकारी दिन शनिबार कतारको दोहास्थित गोर्खाली रेस्टुरेन्ट, मुन्तजामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।