भोटेकोशी प्रभावितलाई सुरक्षित स्थानमा सारेर नयाँ बस्ती बसाउनुपर्छ : मुख्यमन्त्री थापा

  • सोमबार १९ असो २०८३ १०:४४ AM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको महाविपत्तिबाट प्रभावित बस्तीलाई पुरानै स्थानमा पुनर्निर्माण गर्न नहुने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि मुख्यमन्त्री थापाले बाढीले बगरमा परिणत गरेको स्थानमा पुनः बस्ती बसाउनुभन्दा सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्नुपर्ने बताएका हुन्। उनले बागमती प्रदेश सरकारले विपद्पछि खोज, उद्धार, उपचार तथा खाद्यान्न व्यवस्थापनको काम सम्पन्न गरिसकेको भन्दै अब पुनर्निर्माण र  पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने बताए। ‘जहाँ अहिले सहर बगरमा परिणत भएको छ, त्यो ठाउँमा हामीले फेरि पुनर्निर्माण गर्नु हुँदैन। सुरक्षित ठाउँ हेरेर स्थानीय तहको ... The post भोटेकोशी प्रभावितलाई सुरक्षित स्थानमा सारेर नयाँ बस्ती बसाउनुपर्छ : मुख्यमन्त्री थापा appeared first on Kalika Khabar.