काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीले नगर्ने १५ संकल्प प्रस्तुत गरेका छन्। जारी महाधिवेशनको बन्द सत्रमा उनले गर्ने र नगर्ने संकल्प प्रस्तुत गरेका हुन्।शर्माले व्यक्तिकेन्द्रित राजनीति नगर्ने, स्थायी गुटलाई संगठनको आधार नबनाउने र पहुँच तथा प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने संकल्प अघि सारेका छन्।उनले पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार नगर्ने तथा नागरिक जनादेशलाई अहंकारमा बदल्ने प्रयास नगर्ने बताएका छन्। त्यस्तै चुनावी घोषण