पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने सरकारको निर्णय

  • सोमबार १९ असो २०८३ ०५:०० PM
काठमाडौं : सरकारले सहसचिव पद्मकुमार मैनालीलाई नेपाली इन्जिनियर सेवा सामूहिकरणतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद‍् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेल मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए।यसअघि सचिव बढुवा समितिको बैठकले मैनालीलाई प्राविधिक सचिव बढुवाका लागि सिफारिस गरेको थियो।