ओडिआई मान्यता जोगाउन ‘गर या मर’को अवस्थामा नेपाल, चारै खेल जित्नुपर्ने दबाब

  • सोमबार १९ असो २०८३ १०:४२ AM
काठमाण्डु– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता जोगाउन नेपालका लागि यो श्रृङ्खला महत्त्वपूर्ण छ । हाल अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले आसन्न श्रृङ्खलामा घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । नेपाली टोली श्रृङ्खलामा चारवटै खेल जित्ने लक्ष्यका साथ आज बिहान ओमान प्रस्थान