काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकको बढ्दो रुचि र सहजतालाई ध्यानमा राख्दै देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शोरुमबाट ग्राहकले अन्य शोरुममा उपलब्ध हुने सबै सेवा तथा सुविधा पाउनेछन् ।