विश्वप्रकाश शर्माको प्रतिवेदन : गुटको विकल्प विचार, नेतृत्व ‘बगिरहने नदी’ जस्तो हुनुपर्छ

  • सोमबार १९ असो २०८३ १०:३४ AM
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र र समग्र नेपाली राजनीतिमा देखिएको लोकतान्त्रिक संस्कृतिको क्षय रोक्दै युगानुकूल राजनीतिक रूपान्तरण आवश्यक रहेको बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा शर्माले राजनीतिक प्रणालीसँगै राजनीतिक दल, नेतृत्व र कार्यकर्ताको संस्कार तथा व्यवहारमा पनि सुधार आवश्यक रहेको उल्लेख गरेका छन्। उनले कांग्रेसले आफ्ना कमजोरीप्रति आत्मालोचना गर्दै लोकतान्त्रिक संस्कृतिको