काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’शीर्षकको राजनीतिक प्रस्ताव पेश गरेका छन्। प्रस्तावले पार्टीको विगतको अवस्थाको समीक्षा गर्दै आगामी राजनीतिक, आर्थिक, सामाजिक र वैचारिक कार्यदिशाको खाका अघि सारेको छ। थापाले महाधिवेशनको हलमा ४६ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन्। उनले राजनीतिक मुद्दादेखि कूटनीति र जलवायु परिवर्तनबारे पनि बोलेका छन्।