एजेन्सी– इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको छ । आइडिएफका अनुसार मारिनेमा सैन्य शाखाका कमान्डर मुआद गमाल अबु नुसेरा, अवलोकन एकाइका सदस्य महमुद इब्राहिम दिब अल्यान र हमाससँग सम्बन्धित गतिविधिमा संलग्न साकर नाबिल मुसा कैसी रहेका छन् ।