सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस नेत्री रिता खनालको घोषणा

  • सोमबार १९ असो २०८३ ०४:०० PM
काठमाडौं : नेपाली काङ्ग्रेसकी नेत्री रिता खनालले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। मकवानपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय अधिवेशन प्रतिनिधि निर्वाचित भएकी खनालले जारी १५औं महाधिवेशनमा आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिइन्। पार्टी सभापति गगनकुमार थापाले गरेको संकल्पलाई साथ दिन, सिंगो काङ्ग्रेसभित्र परिवर्तनको जग बलियो बनाउन, आस्था र निष्ठाको राजनीतिलाई व्यवहारमा अनुभूति गराउन, देशको अस्थिर राजनीतिलाई स्थिरतातर्फ लैजान र लोकतन्त्रलाई मजबुत बनाउन आफूले उम