काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) उच्च ब्याजदर र सरकारी निकायबाट उठ्न बाँकी रकमका कारण आर्थिक संकटमा परेको छ । सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको बताए । उनले निगमको आर्थिक अवस्था सुधार गर्न तत्काल कदम चाल्नुपर्नेमा