झापा : नेपाल–भारत सीमावर्ती नाका काँकडभिट्टा–पानीट्यांकीस्थित नयाँ पुलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनको बीआईटी टोलीले आइतबार दिउँसो ४ः१० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको सवारीसाधन जाँचका क्रममा पेस्तोल, म्यागजिन तथा गोलीसहित सिक्किमका ताशी पाल्की भुटियालाई पक्राउ गरेको हो। सिक्किमबाट आएका भुटिया एसके ०२ पी ४८०० नम्बरको गाडी चढेर नेपाल प्रवेश गर्न लागेका थिए। जाँचका क्रममा भुटियाको झोला खानतलासी गर्द