काठमाडौं : ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) ले शुक्रबार आयोजित संयुक्त दीक्षान्त समारोहमार्फत आफ्नो क्लास अफ २०२६ का उपलब्धिहरूको उत्सव मनाएको छ। समूहअन्तर्गतका चारवटै संस्थाबाट आएका स्नातक, अभिभावक, प्राध्यापक तथा अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। द ब्रिटिस कलेज (टीबीसी) को १२औँ दीक्षान्त समारोह समूहस्तरीय उत्सवका रूपमा आयोजना गरिएको थियो। जसमा द ब्रिटिस कलेज, ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेसनल कलेजका स्नातक विद्यार्थीहरू सहभागी भएका थिए।