कांग्रेसमा गगनको दस्तावेज : सत्तामुखी राजनीतिबाट जनमुखी रूपान्तरणको संकल्प

  • सोमबार १९ असो २०८३ ०८:५८ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्तावले पार्टीको विगतको समीक्षा गर्दै आगामी राजनीतिक, आर्थिक, सामाजिक र वैचारिक कार्यदिशाको खाका अघि सारेको छ। प्रस्तावले २०६२/६३ को जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणलगायतका ऐतिहासिक उपलब्धिमा कांग्रेसको भूमिकालाई स्वीकार गर्दै त्यसपछिको राजनीतिक यात्रामा पार्टी सत्तामुखी, गुटबन्दी र गठबन्धन