कांग्रेस सुधारबारे गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?, हेर्नुहोस् पूर्णपाठ

  • सोमबार १९ असो २०८३ ०८:१९ AM
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण