काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष, संविधानसभा सदस्य तथा हाल राष्ट्रियसभा सदस्य रहेका कर्णले आफूलाई महामन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन् । महामन्त्रीको संख्या थप गर्ने प्रस्ताव चलिरहेको बेला उनले उम्मेदवार दिने घोषणा गरेका हुन्। महामन्त्री पदका लागि आधा दर्जनभन्दा बढी आकांक्षी मैदानमा उत्रिएपछि कांग्रेसभित्र प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ। उनले कांग्रेसला