काठमाडौं : हिन्दुहरूको ठूलो चाड दसैं नजिकिँदै छ। चाडपर्वको बेला उपत्यका होस् या अन्य ठाउँ मासुको अत्यधिक खपत हुनेगर्छ। हामीले किन्ने सबै मासु पसलले स्वस्थ र सफा मासु दिन्छ भन्ने छैन। कहिले बासी र सडेगलेको मासु किन्न बाध्य छौं।खसिको भन्दै बाख्रिको मासु र अझ मिसाएको मासु बिक्री गर्ने व्यक्तिहरू पटक–पटक नियमनमा पनि पर्दै आएका छन्। ताजा मासु भनेर महिनौं पुरानो मासु बेच्ने समूह सक्रिय नै छन्। बाटोमा हिँड्दा पनि आँखै छोप्न पर्ने गरी, सडकमै पशु बध गर्ने गरेको धेरै ठाउँ छन्। सडकको धुलो टाँसिन