कांग्रेसमा पदाधिकारी बढाउने प्रस्ताव, विश्वप्रकाशका लागि वरिष्ठ उपसभापति र सह-महामन्त्री १५ पुर्‍याइँदै

  • सोमबार १९ असो २०८३ ०७:१५ AM
काठमाण्डु- नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या बढाउने प्रस्ताव १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने निर्णय गरेको छ। नयाँ संरचनाअनुसार वरिष्ठ उपसभापतिको पद सिर्जना गर्दै उपसभापति ४, महामन्त्री ३ र सह-महामन्त्री १५ जना बनाउने प्रस्ताव गरिएको छ। खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले विधान संशोधनसम्बन्धी प्रस्तावसहित पदाधिकारीको संख्या बढाउने प्रस्ताव बन्दसत्रमा निर्णयार्थ पेस गर्ने निर्णय गरेको हो।