काठमाण्डु- नेपाली कांग्रेसले पदाधिकारी संख्या बढाउने गरी विधान संशोधनको प्रस्ताव अघि बढाएको छ। अब कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीनजना महामन्त्री रहने भएका छन्। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरी १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए। संशोधित व्यवस्थाअनुसार चार उपसभापतिमध्ये एकजना वरिष्ठ उपसभापति रहनेछन्।