काठमाण्डु- नेपाली कांग्रेसका पूर्वसह-महामन्त्री किशोरसिंह राठौरले सभापतिमा गगनकुमार थापासँग प्रतिस्पर्धा गर्ने घोषणा गरिरहेका बेला उनको निर्वाचन क्षेत्र बर्दिया–२ मा भने १५औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अझै पूरा भएको छैन। बर्दिया क्षेत्र नम्बर २ मा आइतबार दिउँसो मात्रै केन्द्रीय र क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी मनोनयन सुरु भएको थियो। उक्त क्षेत्रका निर्वाचन अधिकृतका अनुसार आइतबार दिउँसो