काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन जर्ज अर्न्स्टबीच छलफल भएको छ। सोमबार भएको भेटवार्तामा दुई देशबीचको आपसी हित, सहकार्य र सम्बन्ध विस्तारका विषयमा विचार आदानप्रदान भएको नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ। भेटका क्रममा आर्थिक विकास, सामाजिक न्याय, लोकतन्त्र तथा सुशासनलगायतका विषयमा पनि छलफल भएको दूतावासले जानकारी