काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाकासहित राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा उनले पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरण प्रस्ताव अघि सारेका छन्। प्रतिवेलनमार्फत थापाले विगत दुई दशकका कमजोरीको साहसिक आत्मसमीक्षा गर्दै चुनावी गठबन्धनको अन्त्य, शासकीय सुधार, आर्थिक रूपान्तरण