हिमपहिरोको जोखिम न्यूनीकरणका काम गर्दै छौँ : प्रधानमन्त्री बालेन

  • सोमबार १९ असो २०८३ ०७:४७ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन कार्य निरन्तर भइरहेको बताएका छन् । सोमबार (असोज १९) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे