जब संविधान संशोधनको विषय आउँछ तब संविधानको आधारभूत संरचनाका बारेमा छलफल सुरु हुन्छ। आधारभूत संरचनाको सिद्धान्त भन्नाले कुनै पनि देशको संविधानमा त्यस्ता मूलभूत तत्वहरूको व्यवस्था गरिएको हुन्छ जुन संविधान संशोधन गर्दा त्यसलाई संशोधन वा फेरबदल गर्न पाइँदैन, सकिँदैन। संविधानका ती त्यस्ता मूल्य, मान्यता वा सिद्धान्तहरू हुन जसलाई संविधान संशोधनको सामान्य प्रक्रियाबाट हटाउन वा नष्ट गर्न सकिँदैन। यसलाई संविधानको मूल चरित्र भनिन्छ। यसलाई संविधानको अपरिवार्तनीय प्रावधान भनिन्छ। यसको अर्थ संविधान संशोधन गर