काठमाडौं : सर्लाहीको कबिलासी नगरपालिका - ३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ ।आज बिहान करिब १ बजेको समयमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए। उनको साथमा पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेका उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानसमेत भइरहेको छ ।