काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका कान्छा ससुरा तथा नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले नुवाकोट–२ ‘ख’ मा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत रहेका केसीले सामाजिक सञ्जालमार्फत् निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै निर्वाचन रोक्न केन्द्रीय निर्वाचन कार्यालयमा पत्राचार गरिएको भए पनि प्रक्रिया नरोकिनुको पछाडि आर्थिक चलखेल रहेको दाबी गरेका