काठमाण्डु– झापा–इलाम सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी, पैठारी तथा सम्भावित राजस्व चुहावट नियन्त्रण गर्न जिल्ला सुरक्षा समिति झापाले सुरक्षा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिइएको हो। मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग जोडिएका सीमा क्षेत्र तथा आवतजावतका वैकल्पिक मार्गमा