काठमाण्डु– नेपाली कांग्रेसले पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी थप गर्ने प्रस्तावलाई निर्णयका लागि बन्द सत्रमा लैजाने निर्णय गरेको हो। कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापतिको पद थप्ने प्रस्ताव राखिएकाे छ । यस्तै, महिलासहित उपसभापति ३ जना, महामन्त्री ३ जना र सहमहामन्त्री १५ जना बनाउने प्रस्ताव अघि सारिएको छ।