काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्दै गएपछि उनको आफ्नै रिपब्लिकन पार्टीभित्र असन्तुष्टिका संकेत देखिन थालेका छन्। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा ट्रम्पसँगको निकटता आफूहरूका लागि राजनीतिक रूपमा घाटा हुन सक्ने भन्दै केही रिपब्लिकन उम्मेदवारले दूरी बनाउन थालेका छन्। एपी–एनओआरसीको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको समग्र कामकारबाहीप्रति ३० प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन्। अर्थात् करिब ७० प्रतिशत