विपद् व्यवस्थापनबारे प्रधानमन्त्री शाह- स्रोतसाधनले भ्याएसम्म काम गरिरहेका छौँ, ढुक्क हुनुस्

  • सोमबार १९ असो २०८३ ०७:१३ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयताको विपद् व्यवस्थापन संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका हुन् । बैठकमा गण्डकी, बाग्मती, मधेश र