रसुवा । भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ । बालबालिकालाई आफन्तबाट टाढा राखिएको भन्दै आफन्त तथा स्वयं बालबालिकाबाट निरन्तर आवाज उठेपछि महिला, बालबालिका, लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र उत्तरगया गाउँपालिकाको समन्वयमा बालबालिकाको विस्तृत लेखाजोखा गरी अधिकांश बालबालिकालाई आफन्त