काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने प्रस्ताव अघि सारेको छ । खुलामञ्चमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी संख्या बढाउने प्रस्ताव निर्णयार्थ बन्द सत्रमा लैजाने निर्णय गरेको हो । प्रस्तावअनुसार कांग्रेसमा नयाँ वरिष्ठ उपसभापति पद सिर्जना गरिनेछ । यस्तै, उपसभापतिको संख्या महिलासहित ३, महामन्त्री ३ र सहमहामन्त्री १५ जना बनाउने प्रस्ताव गरिएको छ ।