नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केवल पार्टीको नयाँ नेतृत्व चयनको औपचारिक सुरुवातमा सीमित रहेन । खुलामञ्चमा आयोजित समारोहमा देखिएको दृश्य, नेताहरूबीचको सवाल–जवाफ र विभिन्न दलका शीर्ष नेताहरूले व्यक्त गरेका धारणाले कांग्रेसको आन्तरिकसँगै मुलुकको समग्र राजनीतिक दिशामाथि पनि बहस जन्माएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका